चलचित्र : पलपलमा
निर्देशक : उकेश दाहाल
अभिनय : दिलीप रायमाझी, रमित ढुंगाना, सुमन सिँह, विक्रान्त बस्नेत, रुपा राना, सुजाता सिटौला, उषा पौडेल, शशी खड्का
निर्माता : हरिहर आचार्य
संगीत :महेश खड्का
सेन्सर सर्टिफिकेट : ए
रिलिज : उपत्यका

राहुल, आदित्व, विवेक तथा देव एउटै कलेजमा पढेका साथी हुन् । विशेषगरि राहुल र आदित्यबीच गहिरो मित्रता छ । उनीहरुको काठमाडौंको एउटा टोलीमा सँगै बस्छन् ।

विद्यार्थीको जीवन त्यसमाथि काठमाडौंको 'हाइफाइ' जीवनले उनीहरुलाई आकर्षित गरिरहेको हुन्छ । पैसाको अभावमा उनीहरु इच्छा पुरा गर्न सक्दैनन् ।

अनायस उनीहरु एउटा रहस्यमय काम गर्न थाल्छन् । यी दुई साथी सम्पन्नतातर्फ अघि बढ्छन् तर एकअर्कासँग आफ्नो काम लुकाउँछन् ।

कलेजमा संगीता र विवेक एकअर्कालाई प्रेम गर्छन् तर संगीतलाई देवले पनि मनपराउँछ । धनाढ्य आमा रस्मिलाकी धर्मपुत्री मालिनी राहुलकी प्रेमिका हुन् ।

पैसाको अभावमा पनि आफूलाई गरिव भन्न नरुचाउने राहुलले रातारात पैसाको खोलो बगाउन थालेपछि उनी चकित हुन्छिन् । धनी परिवारकी आधुनिक युवती मोनिका आदित्यको व्यक्तित्वबाट निकै प्रभावित छिन् ।

यो चलचित्र आठ जना चरित्रको वरिपरी जेलिएको छ । प्रेमका विभिन्न स्वरुप यो चलचित्रमा हेर्न पाइने निर्देशक दाहालले बताए । यो चलचित्रलाई केन्द्रिय चलचित्र जाँच समितिले 'ए ग्रेड'को सर्टिफिकेट दिएको छ । यो चलचित्रको एउटा गीत 'अंगालोभरिको माया' प्रदर्शनअगावै चर्चित छ ।

चलचित्रमा एउटा पनि द्धन्द्ध छैन ।

कतारमा 'गंगाजल' र 'सिलसिला'

नेपाली चलचित्रको बजार बिस्तारको लागी चलचित्रकर्मीहरूले ग्लोबल मार्केटलाई बिशेष ध्यान दिन थालेका छन् । पछिल्लो समयमा नेपाली चलचित्रहरू बिदेशमा प्रदर्शन हुने क्रम निकै बढेको देखिन्छ ।
यहि क्रममा थुप्रै नेपालीहरू रहेको देश कतारमा पनि नेपाली चलचित्र प्रदर्शन हुँदैछ । रेड मुभिज एन्ड इन्टरटेन्मेन्ट प्रालीले कतारमा पहिलो पटक नेपाली चलचित्रको बिशेष प्रदर्शन गर्दैछ । नायिका सोभिता सिंखडा र कतारमा बस्दै आएका सञ्चारकर्मी निराजन भण्डारीको पहलमा दुई चलचित्र 'गंगाजल' र 'सिलसिला' कतारको दोहा स्थित दोहा सिटी प्लाजामा बिशेष प्रदर्शन हुँदैछ ।
चलचित्र 'सिलसिला' इदको तेस्रो दिन प्रदर्शन हुँदैछ भने 'गंगाजल' सेप्टेम्बर १७ तारिखका दिन प्रदर्शन हुँदैछ । प्रदर्शन हुन लागेका प्रस्तुत दुई चलचित्रलाई कतारबासी नेपालीहरूले मन पराईदिएमा आगामी दिनहरूमा थुप्रै राम्रा-राम्रा नेपाली चलचित्रहरू प्रदर्शन गरिने कार्यक्रम संयोजक निराजन भण्डारीले जानकारी दिए । सो कार्यक्रमको फिल्मीखबर डटकम मिडिया पार्टनर रहेको छ ।

कोही मेरो

आज शुक्रबार काठमाडौं उपत्यकालगायत नेपालभर एकसाथ सार्वजनिक हुन लागेको चलचित्र 'कोही मेरो'का निर्देशक आलोक नेम्वाङ हुन् । म्युजिक भिडियो निर्देशनपछि दुई वर्षअघि चलचित्र 'सानो संसार'मार्फत चलचित्र निर्देशन क्षेत्रमा  आएका आलोकको निर्देशनको यो दोस्रो चलचित्र हो । चलचित्रमा चार जना साथी छन् अभी, आश्ना, प्रयास र दिव्या । आश्ना र प्रयासबीच पुरानो चिनाजान हुन्छ, तर अभीकै कारण उनीहरू अलग हुन्छन् । अभी एउटा यस्तो चरित्र हुन्छ,  जो मित्रतामा पनि महत्त्वकांक्षा रोज्छ । समयचक्रसँगै एउटा यस्तो अवस्थाकोसिर्जना हुन्छ, प्रेम पाउन उसलाई मित्रताकै सहारा चाहिन्छ । आश्ना भने परिवार र समाजले सही मानेको कार्य गर्न रुचाउँछिन् । प्रेम भन्ने कुरा परिवार र  समाजभन्दा माथिल्लो दर्जामा हुन्छ भन्ने कुरा उनलाई बुझाउनुपर्ने हुन्छ । प्रेमले त्याग माग्छ, चलचित्रको रिल घुम्दै जाँदा यो कुरा यी चारै जनाले थाहा पाउँछन् । जोमसोम, चितवन, पोखरा तथा काठमाडौंका दृश्यलाई मनमोहक ढंगबाट  खिचिएको एवं नयाँ पुस्ताले रुचाउने प्रविधि अपनाइएकाले पनि यो चलचित्रलाई बहुप्रतिक्षित चलचित्र मानिएको छ ।
मुभिज डटकमको निर्माणमा राजेश बंशल प्रस्तुतकर्ता रहेको चलचित्र 'कोही मेरो'मा सुरेश अधिकारी, वसन्त सापकोटा तथा सुरेश राईको संगीत सुन्न पाइन्छ । आर्यन सिग्देल, झरना बज्राचार्य, सुवास थापा, सञ्चिता लुइूटेल, दिनेश शर्मा,  राधा लम्साल 'भावु', तृप्ति नाडकर आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेको यो चलचित्रमा राजुविक्रम थापाले छायांकन, प्रवीण अधिकारीले कथा-पटकथा लेखन तथा सुबोध श्रेष्ठ र प्रकाश तुलाधरले सम्पादन कार्य गरेका छन् ।  चलचित्रका निर्माता सुरज वंशल 'जितु' हुन् ।

फस्टलभ

आज शुक्रबारदेखि नेपालका दर्जनौं सहरका अधिकांश चलचित्र भवनबाट एकसाथ सार्वजनिक हुने चलचित्र 'फस्टलभ' कलेज जीवनको प्रेमकथामा आधारित छ । प्रस्तुतकर्ता माधव वाग्लेको कथामा प्रचण्ड श्रेष्ठले पटकथा एवं संवाद तयार पारेको यो चलचित्रमा दुई किसिमको प्रेमकथा हेर्न पाइन्छ । एउटा कथा त्रिकोणात्मक प्रेममा आधारित छ भने अर्को रहस्यमय प्रेमकथा पनि समावेश छ । चलचित्रको कथाअनुसार आयुष चञ्चले मन भएको युवक हो । उसको अवधारणामा प्रेम एकपटक मात्र हुँदैन, धेरै पटक हुन्छ र ऊ प्रेमलाई खेलका रूपमा वर्णन गर्छ । आभा आफ्नो जीवनको पहिलो प्रेमलाई सफल बनाउने प्रयासमा हुन्छिन् । उनको अवधारणामा प्रेम पटक-पटक नहुन सक्छ । उनी चञ्चले आयुषलाई मन पराउँछिन् ।

कानुन

चलचित्रको शीर्षकबाटै स्पष्ट हुन्छ, आज शुक्रबार सार्वजनिक हुने चलचित्र 'कानुन' मा कानुनकै कुरा गरिएको छ । यो चलचित्रमा कानुनको पालना गर्ने तथा कानुनको उल्लंघन गर्नेबीचको द्वन्द्व छ । करिब दुई वर्षअघि निर्माण भएको चलचित्र 'कानुन' को लेखक तथा निर्देश्ाक उदय सुब्बा हुन् । चलचित्रमा राजेश हमाल तथा निखिल उप्रेतीको मुख्य भूमिका भएपछि दर्शकले द्वन्द्वका दृश्य नै हेर्न चाहन्छन् । यो कुरा निर्देश्ाक सुब्बाले बुझेकाले नै होला, द्वन्द्व निर्देश्ाक एनबी महर्जनले द्वन्द्वका दृश्यमा प्रशस्त मेहनत गरेका छन् । चलचित्रमा राजेश हमाल कैदीका रूपमा देखिन्छन् । चलचित्रमा एउटा नेताले एउटा सोझो युवालाई कसरी आतंककारी बन्न बाध्य तुल्याउँछ भन्ने यथार्थलाई पनि चित्रण गरिएको छ । चलचित्रमा एकातिर राजनैतिक दाउपेचहरू समावेश छन् भने अर्कातिर प्रेम-प्रसंग पनि जोडिएको छ ।

प्रत्यक्ष प्रशारणको दाउमा अपिल्

महान नेता मदन भण्डारीको हत्या हो या भवितव्य भन्ने बिषयमा तयार भएको चलचित्र 'दासढुङ्गा'को प्रीमियरको प्रत्यक्ष प्रशारणको तयारिमा रहेको निर्माता अपिल बिष्टले जनाएका छन ।सँगको कुराकानिमा उनले मुख्य-मुख्य टेलिभिजन नेटवर्कबाट प्रत्यक्ष प्रशारणको लागि कुराकानी भैरहेको बताए । भाद्र महिनामा गरिने उक्त कार्यक्रममा देशका विशिष्ट व्यक्ती हरुको उपस्थिति रहने पनि उनले बताए ।

दाम्पत्य जीवनको भाकल पूजा गर्न संचिता काठमाडौंमा

नायक निखिल उप्रेतीसँग बिहे गरी मुम्बई बस्दै आएकी नायिका संचिता लुइँटेल आफ्नो दाम्पत्य जीवनको भाकल पूजा गर्न काठमाडौं आएकी छिन्। उनी निखिल र आफूले पशुपतिनाथको मन्दिरमा गरेको भाकलको पूजा गर्न र एउटा चलचित्रको डबिङ गर्न सोमबार काठमाडौं आएकी हुन्।
'हिजै पूजा गर्छु भनेको साउनको सोमबार भएकाले हिजो पूजा गर्न सकिएन' संचिताले भनिन्- भाकलको पूजा भएकोले धेरै समय लाग्छ। केही नभए पनि साढे दुई घण्टा लाग्छ। त्यसैले भीड नहुने दिन पारेर पूजा गर्दै छु। पुजारीले पर्सि समय दिनुहुन्छ कि निपर्सि दिनुहुन्छ। त्यसो त दम्पतीकै भाकल भएकाले संचिताले पूजा गर्नका लागि निखिललाई पनि साथमै लिएर आउन खोजेकी थिइन्। तर उहाँ आउनुभएन एक्लै पूजा गर्छु -संचिताले भनिन्। निखिल नआए पनि उनले निखिललाई छुवाएर पूजा सामग्री र अगरबत्ती उतैबाट ल्याएकी छिन्। पूजा सामान र बत्ती उहाँलाई छुवाएर ल्याएकी छु। यति भएपछि उहाँले पनि पूजा गरे सरह हुनेछ -उनले भनिन्- 'पोहोर सालको साउनमा पूजा गर्दा त निखिल उहाँका दिदीहरु फ्यामली सबैजना हुनुहुन्थ्यो। यसपालि एक्लै पूजामा हुन्छु।'read full story

प्रेममा उमेर बाधक हुँदैन


यौन विशेषज्ञ तथा मनोचिकिन्त्सकहरूका अनुसार मेनोपज शारीरिक अवस्थाभन्दा व्यक्तिको मानसिक सोचमा निर्भर गर्छ। ४० को उमेर पार गर्ने बित्तिकै यदि व्यक्तिले स्वयंलाई बूढो मान्छ भने त्यसको प्रभाव उसको दिनचर्यामा पनि पर्छ। श्रीमान्-श्रीमतीले एक-अर्काको भावनाको ख्याल गरेर यदि शारीरिक सम्बन्ध स्थापित गर्छन् भने ५० को आयुपश्चात् पनि लामो समयसम्म यौनजीवनको आनन्द लिन सकिन्छ।
अधिकांश विवाहित महिला सन्तान ठूला भएपछि श्रीमान्सँगको सम्बन्धलाई त्यति महत्त्व दिँदैनन् । यौनका लागि अब उमेर सीमा नाघिसकेको धारणा तिनको हुन्छ । श्रीमान्द्वारा पहल गरिए पनि उनीहरू या त बहाना बनाउँछन् या अब व्यक्तिगत सुखको साटो घर गृहस्थीको दायित्वलाई पूर्ति गर्ने र सन्तानको करियरमा ध्यान दिनु बढी आवश्यक छ भन्ने मान्छन् । यस्तो सोचले श्रीमान्-श्रीमतीको सम्बन्धमा दूरी बढाउँछ र तनाव एवं मानसिक अशान्तिसँगै कैयन् अवस्थामा स्थिति भयावहसमेत बन्न पुग्छ । यसबाट जोगिन कुनै पनि प्रकारको नकारात्मक सोचले जन्म लिने वातावरण सिर्जना गर्नुहुँदैन । दाम्पत्य जीवनको सुमधुरता एवं स्थायित्वको आधार यौनजीवन पनि भएको कुरा बिर्सनुहुँदैन । शारीरिक सम्बन्धप्रतिको थोरै पनि उदासिनताले दाम्पत्य सम्बन्ध नीरस एवं कमजोर हुने सम्भावना रहन्छ ।read more

हमालको उद्घाटन दौडाहा

पछिल्लो समय सामाजिक कार्यमा रुचि राख्ने अभिनेताका रुपमा परिचित छन् राजेश हमाल । यतिबेला उनका दिनहरु यति साँघुरिएका छन् कि सामाजिक काम र सुटिङका लागि समय व्यवस्थापन गर्न हम्मे-हम्मे परेको छ ।
पछिल्लो साता राजेश यति व्यस्त छन् कि दिनको एकपटक उनी उद्घाटन र विमोचनमा व्यस्त हुन्छन् । जस्तै : असार मसान्तमा पर्यटन बोर्डमा आयोजित पुस्तक विमोचनमा उनी सहभागी भए । साउन १ गते कोटेश्वर सहयोगीनगरस्थित हरियाली किचेन रेष्टुरेन्टको उद्घाटन पनि गरे ।
साउने सक्रान्तिमै उनी चावहिलस्थित चारुमती स्तुपाका अनाथ बालबालिकाहरुलाई कापीकलम वितरण गर्न पुगे । साउन तीन गते मित्रपार्कस्थित टेक्सस कलेजको वार्षिकोत्सवमा प्रमुख अतिथि बन्दैछन् । समाज सेवामा राजेशको सकि्रयताको सूचि लामो हुनसक्छ ।
सहयोगी रोशन ठकुरीका अनुसार राजेश सुटिङबाट फुस्रद निकालेर भएपनि उद्घाटन र समाजसेवाका काममा सरिक हुन्छन् । 'समारोह र कार्यक्रमबाट निम्तो यति आउँछ कि छनौट गरेर मात्र सहभागी हुने गर्नुभएको छ' रोशनले भने 'उहाँलाई सिनेमाजत्तिकै समाजसेवा प्यारो लाग्छ ।'
यतिेबला राजेश चलचित्र बजारको सुटिङ सकेर 'ग्यामलर'को सुटिङमा व्यस्त छन् । यो फिल्म सकेपछि 'को कस्को' नामक फिल्ममा राजेश व्यस्त हुँदैछन् । पर्दामा भन्दा बाहिर लोकपि्रयता र पहिचान बटुलेका राजेशले खासगरी आमा रेणुको निधनपछि समाजसेवामा सकि्रयता देखाउ्न थालेका छन् ।

परिचित व्यस्त लोकपि्रय पढेलेखेको भलाद्मी राम्रो परिवारको राम्रँे बोल्नेजस्ता विशेषणका धनी राजेशलाई औपचारिक कार्यक्रममा प्रमुख अतिथि भनेर निम्तो पठाउनेहरु बढिरहेका छन् ।

प्रदर्शनबारे कडा चेतावनी

चलचित्र संघले आफूसँग दर्ता भएका फिल्मलाई मात्र प्रदर्शन गर्न मातहतका सदस्य प्रदर्शकहरुलाई निर्देशन दिएको छ ।  सिनेमा हलहरुको छाता संगठन समेत रहेको संघले मुलुकभरका आफ्ना ८० सदस्यलाई आफ्ना निर्देशन मान्न आग्रह गरेको हो । दर्ता नगरी प्रदर्शन गरेको पाइए कार्वाही गरिने चेतावनी पनि संघले दिएको छ । 'प्रदर्शन गरिसकेपछि उत्पन्न हुने विवाद रोक्न यस्तो गरेका हौं' निर्णयपछि महासचिव नकिम उद्दिनले भने 'भोलि विवाद आयो भने भागिदार स्वयम हल हुनुपर्छ र संघको कार्वाही पनि भोग्नुपर्छ ।' चलचित्र प्रदर्शन गर्दा वितरकले दर्ता बापतको शुल्क संघमा बुझाउनुपर्ने प्रावधान छ । यद्यपी केही वितरकले प्रावधान उल्लंघन गरेको संघको ठहर छ । 'वितरण अन्तर्गत दर्ता नभएका फिल्महरु प्रदर्शन गरिनु नियम विपरित छ त्यसैलाई रोक्न यो नियम ल्याएका हौं' उद्दिनले भने । संघका प्रदर्शन वितरण र निर्माण सदस्य छन् । निर्माण सदस्यालाई हाल ब्यूँताइएको छैन । वितरण सदस्यका लागि संघले यो बाध्यकारी नियम अघि सारेको हो ।read more..

rekha thapa did rock climbing

एडभेन्चर दृश्यहरूमा रुचि राख्ने नायिका रेखा थापाले जोमसोममा रक क्लाइम्बिङ गरेर नयाँ रर्ेकर्ड कायम गरेकी छन् । सैनिक तालिमका क्रममा मात्र अभ्यास गरिने चार सय मिटर अग्लो चट्टान आरोहणका लागि रेखाले सेनाको अनुमति लिएकी थिइन् ।
चट्टान चढ्ने लामो समयदेखिको धोको पूरा भएपछि नायिका रेखा प्रफुल्लित देखिन्थिन् । त्यसो त नायिकाले चट्टान चढेको हर्ेर्नेहरूको उपस्थिति पनि निकै बाक्लो थियो ।
‘म निकै खुसी छु र फेरि पनि यही ठाउँमा आएर रक क्लाइम्ब गर्छु,’ चलचित्र च्यालेन्जको क्लाइमेक्स सुटिङका लागि हिमालपारि पुगेकी रेखाले भनिन्, ‘यस्ता जोखिम मोल्नु मेरो सानैदेखिको रुचि हो । यस्ता कार्यलाई निरन्तरता दिन्छु ।’ आरोहणका लागि प्रयोग गरिने विशेष डोरी चढेर उक्लँदा रमाइलो अनुभव भएको पनि सुनाइन् । रेखाले जहाँ बसेर रक क्लाइम्बिङ गरेकी थिइन्, त्यहाँ अमेरिका, भारत, पाकिस्तान, रुसलगायत देशका सैनिकहरूले चट्टान आरोहणको तालिम लिने गर्छन् ।
पहिलो पटक मुस्ताङ आइपुगेकी रेखाले यस भेगको प्राकृतिक सम्पदाको खुलेर प्रशंसा गरिन् । ‘मलाई त यो परिवेश देखेर लोभ लागेर आयो,’ रेखाले भनिन् ।

हेटौडामा कसम हजुरको

लामो समयको प्रेम पछि अन्तत जिवनले रेखाको कसम तोडेका छन । प्रेमको सुरुवातमा सगै मर्ने र सगै जिउने बाचा गरेकी रेखालाई जिवनले बिभिन्न बहाना बनाई कसम तोडेका हुन । आफुले मन देखी मन पराएर जिवनै सुम्पेको ब्यक्तिले यसरी मायाकै कसम तोडेर लत्याए पछि रेखा पागल जस्तै हुन्छीन र आत्महत्या गर्नतिर लाग्छीन तर उनको यो पागलपनलाई लत्याई दिन्छन उनकै अर्का साथी राजले । कुरा हो ओम चलचित्र मन्दिर हेटौडामा प्रर्दशन भैरहेको नेपाली कथानक चलचित्र ‘कसम हजुरको’को कथा । read more

अध्ययनसँगै मोडलिङ

इन्द्रचोक, काठमाडौंमा जन्मिएकी उमा थापा पद्मकन्या क्याम्पसमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत छिन् । उनको परिचय विद्यार्थीमा मात्र सीमित छैन । उनी विगत छ वर्षदेखि नेपाली मोडलिङ क्षेत्रमा पनि  सक्रिय छिन् । छ वर्षअघि आयोजित रेज फेसन शोमा क्याटवाक गर्दै ग्ल्यामर क्षेत्रमा आएकी उमाले फेसन विक, डिजाइनर कन्टेस्टजस्ता स्तरीय फेसन शोमा पनि क्याटवाक गरिसकेकी छिन् । ५ फिट ५ इन्च  अग्ली उमा र्‍याम्प शोमा मात्र रमाउन सक्छिन् । 'ब्युटिफूल गर्ल नक्कल नपार...' गीतको रिमिक्स भर्सनको म्युजिक भिडियोमा अभिनय गरेदेखि उनलाई दोस्रो भिडियोका काम गर्ने रहर जागेन । एउटा  हाउजिङक कम्पनीमा कार्यरत उमा स्तरीय फेसन शोमा मात्र काम गर्न चाहन्छिन् । आधा दर्जन विज्ञापनमा मोडलिङ गरिसकेकी उमा क्याजुअल वेयरकी पारखी हुन् । 'मास्टर्स गरेपछि अध्यापनको क्षेत्रमा पनि  जान सक्छु,' विगतमा स्कुल टिचरको अनुभव सँगालिसकेकी उमाले भनिन् ।

केमेस्ट्री मिलेपछि

यतिबेला चलचित्रमा अर्को नयाँ जोडी जम्ने तयारीमा
छ । भर्खरै प्रदर्शन भएको चलचित्र 'हिफाजत' नायिका रेखा थापा र नायक आयुष रिजालको जोडी दर्शकले मन पराएपछि उनीहरूलाई लिएर चलचित्र निमार् ण गर्ने क्रम ह्वात्तै बढेको छ । 'दुवैको केमेस्ट्री असाध्यै मिलेको छ,' निर्देशक श्याम भट्टराईको तर्क छ — 'त्यसैले मेरो नयाँ चलचित्र 'च्यालेञ्ज' मा यो जोडीलाई प्रस्तुत गरेको छु ।' च्यालेन्जभन्दा अघि रेखा- आयुषले 'सडक' मा काम गरिसकेका छन् ।

नयाँ बाटोमा मनीषा

अन्ततः मनीषा कोइराला मनीषा दाहाल बनेकी छिन्। गएको शनिबार २ बजेर ४८ मिनेट जाँदा पण्डित रामचन्द्र घिमिरेले मौद्गल्य गोत्रकी मनीषालाई मन्त्रोच्चारणका साथ वत्स गोत्रमा सारेपछि उनी सदाका  लागि दाहाल बनेकी हुन्। मन्त्रोच्चारणका साथ पण्डित घिमिरेले मनीषा वत्स गोत्रमा परिवर्तन भएको जानकारी दिँदा जन्ती पक्षले ताली बजाएर स्वागत गरेका थिए। मुस्कुराउँदै मनीषाले पनि आफ्ना पति सम्राट  दाहाललाई हेरेकी थिइन्। विवाह समारोहमा ऐश्वर्य रायले विवाहपछि ऐश्वर्य राय वच्चनका रूपमा आफूलाई सार्वजनिक गरेको भन्दै दाहाल पक्षले मनीषालाई जिस्क्याएका थिए। शास्त्रअनुसार गोत्र सारेपछि  महिलाको थर स्थायी हुन्छ। मनीषाले कहिले विवाह गर्छिन् ? कहाँ गर्छिन् ? कोसँग गर्छिन् ? कसरी गर्छिन् ? एक दशकदेखि उठिरहेका यी सबै प्रश्नको उत्तर मनीषाले धुमधाम रूपमा दिइन्। एक साताअघि नै कोइराला परिवार र दाहाल  परिवारमा व्यस्तताको पारो उच्च तहमा पुगेको थियो। विवाहको कुरा छिन्दा सामान्य विवाह गर्ने, दाइजो केही पनि नलिने, घरमै पार्टी गर्ने तथा कुनै पनि सञ्चारमाध्यममा नदेखिने सम्राटको अडान समय बित्दै  जाँदा गल्दै गयो। अन्ततः मनीषाले सोल्टी होटलमा र सम्राटले एभरेस्ट होटलमा भव्य पार्टी दिए।read more..

यू ट्युबमा विपाशा टपलेस

साइबरस्पेसको तापक्रम हिजोआज निकै बढेको छ । कारण हो, बलिउड अभिनेत्री विपाशा बासुको यू ट्युबमार्फत सार्वजनिक भएको एउटा विज्ञापन । उक्त विज्ञापनमा अभिनेत्री विपाशा टपलेस अवस्थामा प्रस्तुत  भएकी छिन् । अन्तर्राष्ट्रिय बजारलाई ध्यानमा राखेर बनाइएको न्युयोर्क लोट्टोको उक्त विज्ञापन भारतीय स्ट्यान्डर्डअनुसार निकै हट र बोल्ड छ ।

मनिषा सम्राटसंग विवाह बन्धनमा

काठमाण्डौ, २०६७ आषाढ ५, शनिवार

लामो समयको चर्चा परिचर्चा पछि वलिउड नायिका मनिषा कोइराला शनिबार महाराजगञ्जका सम्राट दाहालसंग विवाह बन्धनमा बाँधिएकी छन् । पञ्चेवाजासहित गोकर्णस्थित फरेस्ट रिसोर्ट पुगेका नवदुलाहाले मनिषाको सिउँदोमा सिन्दुर हालेपछि हिन्दू परम्परा अनुसार दुवै जना विवाह बन्धनमा बाँधिएका हुन् ।
पारिवारिक पुरेत रामचन्द्र घिमिरेले उनीहरूबीच मंगलवाचन गरी परम्परागत वैवाहिक विधि सम्पन्न गरेका थिए । सम्राटसहितको टोली तीन सयजनाभन्दा बढीसम्मिलित जन्ती लिएर नवदुलही मनीषालाई लिन थली गाविसस्थित गोकर्ण फरेस्ट रिसोर्ट रिसोर्ट पुगेको थियो ।
नवदुलाहा र दुलहीलाई आशिर्वाद दिन वलिउडका कलाकारहरुसमेत आएका छन् भने मुलुकका धेरै राजनीति व्यक्तिहरुकोसमेत उपस्थिति थियो । मनिषा पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाकी नातिनी हुन् । ३९ बषिर्या कोइराला भारतीय फिल्मी उद्योग बलिउडमा प्रख्याती कमाएका नेपाली कलाकारहरु हुन् । ३३ बषिर्य सम्राट भने व्यवसायी हुन् ।

मनिषा कोईराला आज बिबाह बन्धनमा बाँधिदै


१९ जुन २०१०
काठमाडौ

बलिउडकी नेपाली मूल की नयिकाको आज काठमाडौ स्थित गोकर्ण रिसोटमा बिबाह हुदै छ। करिब ३ सयको जन्ती सहित गोकर्ण रिसोर्टमा दुलहा सम्राट पुग्ने बुझिइको छ।बिवा

विवाह विवाहमा आएका सम्पूर्ण पाहुनालाई स्वागत गर्न २ सय जनाको कलाकार टोलीलाई प्रशिक्षण दिइएको छread more

कलाकारलाई बिश्वकपको नशा


                                  
फिल्मीखबर , काठमाण्डौ, २०६७ आषाढ ४, शुक्रवार

आफैंले निर्माण गर्न लागेको फिल्मको स्क्रिप्ट सेटिङमा बसेकी अभिनेत्री रेजिना उप्रेतीलाई बिहान उठ्न निकै अल्छी लाग्छ । 'धन्न अहिले सुटिङ छैन, सुटिङ भएको भए साह्रै गाह्रो हुने रैछ' रेजिनाले भनिन् । उत्तर कोरिया र ब्राजिलको गेम हेरेर 'इन्जोई' गरेकी रेजिना शनिबारदेखि कुनै पनि गेम नछुर्टाई हेर्ने विचारमा छिन् ।
नछुर्टाई गेम हेर्ने योजनालाई विद्युत् प्राधिकरणको लोडसेडिङ तालिकाले असर पारेको अनुभव गरेका छन्, निर्देशक सोभित बस्नेतले । उनी आग्रह गर्दै भन्छन्, 'कम्तीमा पनि विश्वकप फुटबल चलुन्जेल बत्तीको व्यवस्था भइदिए राम्रो हुने थियो । प्रत्येक दिनजसो राति २ बजेसम्म फुटबल हेर्ने गरेका निर्देशक बस्नेत बिहान ७ नबज्दै स्टुडियो पुग्ने गरेका छन् । 'राज, कन्यादान र चिनोको प्राविधिक काम भइरहेकाले न्रि्रा मारेरै काम गर्नुपरेको छ,' उनले भने ।
read more

'दिपशिखा' को गीत फिल्मीखबरबाट वर्ल्ड प्रिमियर

नरेश पौड्यालको निर्माण तथा निर्देशनमा बनेको चलचित्र 'दिपशिखा' को 'किन तिमीले यति धेरै मलाई माया गर्‍यौ...' बोलको गीत फिल्मीखबरबाट वर्ल्ड प्रिमियर गरिएको छ । नरेश पौड्यालको आफ्नै शब्द रहेको यस गीतमा चेतन सापकोटाको संगीत रहेको छ । यस गीतमा जीवन लुईटेल र अरूणिमा लम्सालले अभिनय गरेका छन् ।



त्रिकोणात्मक प्रेमकथामा आधारित यो चलचित्र साउनको २८ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ । नायिका अरूणिमा लम्सालको कथा रहेको यस चलचित्रमा जीवन लुईटेल, अरूणिमा लम्साल, निरज बराल, मुकुन्द थापा, राधा लम्साल, ममता प्रधान, बिष्णु सापकोटा र राजकुमार थापाको मुख्य अभिनय रहेको छ । चलचित्रमा सन् २००७ को ईन्डियन आईडलमा फस्ट रनरअप भएका गायक अमित पलले २ वटा गीत गाएका छन् ।read more