प्रदर्शनबारे कडा चेतावनी

चलचित्र संघले आफूसँग दर्ता भएका फिल्मलाई मात्र प्रदर्शन गर्न मातहतका सदस्य प्रदर्शकहरुलाई निर्देशन दिएको छ ।  सिनेमा हलहरुको छाता संगठन समेत रहेको संघले मुलुकभरका आफ्ना ८० सदस्यलाई आफ्ना निर्देशन मान्न आग्रह गरेको हो । दर्ता नगरी प्रदर्शन गरेको पाइए कार्वाही गरिने चेतावनी पनि संघले दिएको छ । 'प्रदर्शन गरिसकेपछि उत्पन्न हुने विवाद रोक्न यस्तो गरेका हौं' निर्णयपछि महासचिव नकिम उद्दिनले भने 'भोलि विवाद आयो भने भागिदार स्वयम हल हुनुपर्छ र संघको कार्वाही पनि भोग्नुपर्छ ।' चलचित्र प्रदर्शन गर्दा वितरकले दर्ता बापतको शुल्क संघमा बुझाउनुपर्ने प्रावधान छ । यद्यपी केही वितरकले प्रावधान उल्लंघन गरेको संघको ठहर छ । 'वितरण अन्तर्गत दर्ता नभएका फिल्महरु प्रदर्शन गरिनु नियम विपरित छ त्यसैलाई रोक्न यो नियम ल्याएका हौं' उद्दिनले भने । संघका प्रदर्शन वितरण र निर्माण सदस्य छन् । निर्माण सदस्यालाई हाल ब्यूँताइएको छैन । वितरण सदस्यका लागि संघले यो बाध्यकारी नियम अघि सारेको हो ।read more..