दाम्पत्य जीवनको भाकल पूजा गर्न संचिता काठमाडौंमा

नायक निखिल उप्रेतीसँग बिहे गरी मुम्बई बस्दै आएकी नायिका संचिता लुइँटेल आफ्नो दाम्पत्य जीवनको भाकल पूजा गर्न काठमाडौं आएकी छिन्। उनी निखिल र आफूले पशुपतिनाथको मन्दिरमा गरेको भाकलको पूजा गर्न र एउटा चलचित्रको डबिङ गर्न सोमबार काठमाडौं आएकी हुन्।
'हिजै पूजा गर्छु भनेको साउनको सोमबार भएकाले हिजो पूजा गर्न सकिएन' संचिताले भनिन्- भाकलको पूजा भएकोले धेरै समय लाग्छ। केही नभए पनि साढे दुई घण्टा लाग्छ। त्यसैले भीड नहुने दिन पारेर पूजा गर्दै छु। पुजारीले पर्सि समय दिनुहुन्छ कि निपर्सि दिनुहुन्छ। त्यसो त दम्पतीकै भाकल भएकाले संचिताले पूजा गर्नका लागि निखिललाई पनि साथमै लिएर आउन खोजेकी थिइन्। तर उहाँ आउनुभएन एक्लै पूजा गर्छु -संचिताले भनिन्। निखिल नआए पनि उनले निखिललाई छुवाएर पूजा सामग्री र अगरबत्ती उतैबाट ल्याएकी छिन्। पूजा सामान र बत्ती उहाँलाई छुवाएर ल्याएकी छु। यति भएपछि उहाँले पनि पूजा गरे सरह हुनेछ -उनले भनिन्- 'पोहोर सालको साउनमा पूजा गर्दा त निखिल उहाँका दिदीहरु फ्यामली सबैजना हुनुहुन्थ्यो। यसपालि एक्लै पूजामा हुन्छु।'read full story