फस्टलभ

आज शुक्रबारदेखि नेपालका दर्जनौं सहरका अधिकांश चलचित्र भवनबाट एकसाथ सार्वजनिक हुने चलचित्र 'फस्टलभ' कलेज जीवनको प्रेमकथामा आधारित छ । प्रस्तुतकर्ता माधव वाग्लेको कथामा प्रचण्ड श्रेष्ठले पटकथा एवं संवाद तयार पारेको यो चलचित्रमा दुई किसिमको प्रेमकथा हेर्न पाइन्छ । एउटा कथा त्रिकोणात्मक प्रेममा आधारित छ भने अर्को रहस्यमय प्रेमकथा पनि समावेश छ । चलचित्रको कथाअनुसार आयुष चञ्चले मन भएको युवक हो । उसको अवधारणामा प्रेम एकपटक मात्र हुँदैन, धेरै पटक हुन्छ र ऊ प्रेमलाई खेलका रूपमा वर्णन गर्छ । आभा आफ्नो जीवनको पहिलो प्रेमलाई सफल बनाउने प्रयासमा हुन्छिन् । उनको अवधारणामा प्रेम पटक-पटक नहुन सक्छ । उनी चञ्चले आयुषलाई मन पराउँछिन् ।