कानुन

चलचित्रको शीर्षकबाटै स्पष्ट हुन्छ, आज शुक्रबार सार्वजनिक हुने चलचित्र 'कानुन' मा कानुनकै कुरा गरिएको छ । यो चलचित्रमा कानुनको पालना गर्ने तथा कानुनको उल्लंघन गर्नेबीचको द्वन्द्व छ । करिब दुई वर्षअघि निर्माण भएको चलचित्र 'कानुन' को लेखक तथा निर्देश्ाक उदय सुब्बा हुन् । चलचित्रमा राजेश हमाल तथा निखिल उप्रेतीको मुख्य भूमिका भएपछि दर्शकले द्वन्द्वका दृश्य नै हेर्न चाहन्छन् । यो कुरा निर्देश्ाक सुब्बाले बुझेकाले नै होला, द्वन्द्व निर्देश्ाक एनबी महर्जनले द्वन्द्वका दृश्यमा प्रशस्त मेहनत गरेका छन् । चलचित्रमा राजेश हमाल कैदीका रूपमा देखिन्छन् । चलचित्रमा एउटा नेताले एउटा सोझो युवालाई कसरी आतंककारी बन्न बाध्य तुल्याउँछ भन्ने यथार्थलाई पनि चित्रण गरिएको छ । चलचित्रमा एकातिर राजनैतिक दाउपेचहरू समावेश छन् भने अर्कातिर प्रेम-प्रसंग पनि जोडिएको छ ।