rekha thapa did rock climbing

एडभेन्चर दृश्यहरूमा रुचि राख्ने नायिका रेखा थापाले जोमसोममा रक क्लाइम्बिङ गरेर नयाँ रर्ेकर्ड कायम गरेकी छन् । सैनिक तालिमका क्रममा मात्र अभ्यास गरिने चार सय मिटर अग्लो चट्टान आरोहणका लागि रेखाले सेनाको अनुमति लिएकी थिइन् ।
चट्टान चढ्ने लामो समयदेखिको धोको पूरा भएपछि नायिका रेखा प्रफुल्लित देखिन्थिन् । त्यसो त नायिकाले चट्टान चढेको हर्ेर्नेहरूको उपस्थिति पनि निकै बाक्लो थियो ।
‘म निकै खुसी छु र फेरि पनि यही ठाउँमा आएर रक क्लाइम्ब गर्छु,’ चलचित्र च्यालेन्जको क्लाइमेक्स सुटिङका लागि हिमालपारि पुगेकी रेखाले भनिन्, ‘यस्ता जोखिम मोल्नु मेरो सानैदेखिको रुचि हो । यस्ता कार्यलाई निरन्तरता दिन्छु ।’ आरोहणका लागि प्रयोग गरिने विशेष डोरी चढेर उक्लँदा रमाइलो अनुभव भएको पनि सुनाइन् । रेखाले जहाँ बसेर रक क्लाइम्बिङ गरेकी थिइन्, त्यहाँ अमेरिका, भारत, पाकिस्तान, रुसलगायत देशका सैनिकहरूले चट्टान आरोहणको तालिम लिने गर्छन् ।
पहिलो पटक मुस्ताङ आइपुगेकी रेखाले यस भेगको प्राकृतिक सम्पदाको खुलेर प्रशंसा गरिन् । ‘मलाई त यो परिवेश देखेर लोभ लागेर आयो,’ रेखाले भनिन् ।