मेरी बास्सै र भुईचालो द्दारा टेलिअवाड बहिस्कार

दर्शकले मन पराएको आफ्नो सिरियललाई पाँच उत्कृष्ट हास्यशृखलामध्येमा पनि मनोनयन नगरिएको भन्दै भन्दै पत्रकार सम्मेलन गरी टेलिशृङ्खला मेरी बास्सै कलाकार तथा निर्देशकद्धय केदार घिमिरे (माग्ने बुडा) र सिताराम कट्टेल (धुर्मुस) ले २०६७ बैशाख ३० गते टेलिचलचित्र कलाकर्मी मञ्चले मिडिया हवसँग मिलेर ३१ विधामा आयोजना गर्न लागेको टेलि अवार्ड २०६७ मेरी बास्सै युनिटले बहिस्कार गरेको घोषणा गरेका छन् ।
आफू मनोनयनमा नपरेकोमा आक्रोसित हुँदै मेरी बास्सैकी (सुन्तली) कुञ्जना घिमिरेले यो टेली अवार्ड होइन, झ्याली अवार्ड भएको कुरा भन्दै घोर आपत्ति जनाईन । उनले वास्तवमै हास्य कलाकार भनेर चिनिएको र हास्य कलाकारिता गरिरहेको मनोनयनमा नपारिएको आरोप लगाईन र यहीँबाटै अवार्ड निष्पक्ष नभएको यसै बिषयमा अनलाईनसंसारसँगको कुराकानीमा टेलिभिजन कलाकर्मी मन्चका अद्यक्ष कृष्ण ढुङगानाले यो निर्णय निर्णायकहरुले गरेको र READ MORE...