चलचित्र विकास बोर्डद्वारा दिन लागीएको अवार्ड

अनिश्चिततातर्फ
जिवन पराजुली
२८,जेठ २०६७
चलचित्र विकास बोर्डले दिन लागेको राष्ट्रिय चलचित्र अवार्ड तथा सम्मान अर्को निर्णय नहुन्जेलसम्मका लागी स्थगन गरिएको छ । सरोकारवाला संघसंस्थाले विरोध जनाएपछि आँउदो असार १६ मा तय गरिएको अवार्ड तथा सम्मान अनिश्चित बनेको छ ।
बोर्ड एकपक्षीय ढंगबाट जान खोजेको आरोप लाउँदै चलचित्र निर्माता, निर्देशक तथा प्राविधिक संघले अवार्ड बहिष्कार गर्ने बताएपछि उक्त कार्यक्रम रोकिएको हो ।
आफुहरुलाई जानकारीनै नगराई बोर्डले एकपक्षिय निर्णय गरेकोमा अवार्डमा त्रुटि रहेको भन्दै त्यसलाई नसच्याएमा बहिष्कार गर्नेसम्मको चेतावनी दिएका थिए । २०६६ मा सेन्सर पास भएका नेपाली डिजिटल र सेल्युलाइड फिल्मलाई दर्ताका लागि जेठ २७ सम्मको म्याद दिईएको थियो ।
०६५ मा समेत सेन्सर पास भएकालाई यसपटक अवार्ड दिँदा बजेट पनि कम भएको कारण देखाउँदै ०६६ का चलचित्रलाई मात्र सहभागी गरेको हो ।
वोर्डका प्रसासन अधिकृत अनुपम निरौलाले विवादित कार्यक्रमको विषयमा निरन्तर छलफल चलिरहेको बताए । read more