काजीमान राजेश

काजीमान राजेश
जिवन पराजुली
२७,जेठ २०६७
एउटा राजेश महानायक बनिसकेपछि फेरि अर्का राजेशको नेपाली चलचित्रमा प्रवेश भएको छ । सुमधुर स्वरका धनि राजेश पायल राई महागायक भनिसकेपछि अब अभिनेता पनि बन्ने भएका हुन् । पछिल्लो समयमा चलचित्रमोहले ह्वात्तै तानिएका राजेश गाएकिसँगसगै चलचित्रमा व्यस्त हुन थालेका छन् ।

नेपाली सांगीतिक बजारमा आफ्नो उच्च स्थान बनाईसकेका राई अब चलचित्रमा पनि प्रतिष्पर्धामा जुटेका छन् । आफ्नो गीतको भिडियोमा त अभिनय गर्दै आएका थिए तर, अचेल उनको अभिनय फिल्ममा समेत देखिने भएको छ । 'जी माला' नामक फिल्ममा अभिनय गरिरहेका राजेश इन्ट्रडक्सन सिनको तयारी गरिरहेका छन् । 'काजिमान'को भुमिकामा रहेका राजेश खलनायक बनेका हुन् ।
'परेनी माया जालैमा', 'दैव संजोग', उदय सुव्वाले निर्माण गरेको चलचित्र 'गुण्डाराज', प्रदिप श्रेष्ठको 'कवच' आदि चलचित्रहरुमा राजेश पायल राईले ‘माला जी’भन्दा अघिनै अभिनय गरिसकेका छन् ।