फिल्मीखबर , काठमाण्डौ, २०६७ ज्येष्ठ २६, बुधवार

नेपाली चलचित्र क्षेत्रका सुप्रसिद्व अभिनेता राजेश हमालले आज आफ्नो जन्मदिन मनाए । काठमाण्डौको जोरपाटी स्थित खगेन्द्र नवजीवन केन्द्रमा आफ्नी धर्म बहिनी मैना सुचिकार, अनाथ र अपाङहरूको माझमा उनले आफ्नो जन्मदिन मनाएका हुन् ।
२० बर्षको अभिनय यात्रामा १०० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका अभिनेता हमालले आफ्नो उमेर भने भन्न चाहेनन् । चलचित्रका अधिकांश नायक नायिकाहरू ठूला ठूला होटलहरूमा तामझामका साथ आफ्नो जन्मदिन मनाउन रूचाउछन् तर अभिनेता हमालले भने बिगत १२ बर्ष देखि सोही केन्द्रमा नै आफ्नो जन्मदिन मनाउँदै आएका छन् ।
आजकै दिन जेष्ठ २६ गतेबाट फिल्मीखबर पनि २ बर्षमा प्रवेश गरेको छ भने फिल्मीखबरका प्रधान सम्पादक सुमन गैरेको पनि जन्मदिन आजै परेको छ । अभिनेता हमाल र फिल्मीखबरका प्रधान सम्पादक सुमन गैरेको जन्मदिनको अवसरमा फिल्मीखबर डटकम परिवार उहाँहरू प्रति शुभकामना व्यक्त गर्दछ ।