
आफ्नो चलचित्रको प्रचार-प्रसार गर्न र पूर्वेली दर्शकको प्रतिक्रिया बुझ्न धरान र दमक आएका निर्माता निर्देशक शंकर घिमीरे तथा नायिका ऋचा घिमीरेले यस चलचित्रको ब्यबसायले आफुहरु अझ उत्साहित भएको बताएका छन् । 'नयां कथा बस्तु र फरक धारको चलचित्र भएका कारण प्रदर्शनको सुरुमा मनमा डर लगिरहेको थियो तर दर्शकले मन पराईदिनु भयो धेरै खुसि लागेको छ', भर्खरै बिवाह बन्धनमा बाँधिएका यी जोडिले बताए । चलचित्रमा ऋचा घिमीरेको साथमा निखिल उप्रेति, राजेश हमाल, शुसिल क्षेत्री, संचिता लुईंटेल, रेजिना उप्रेति लगायतका कलाकारको अभिनय रहेको छ भने चलचित्रमा दिनेस सुनाम र शुरेश अधिकारिको संगित रहेको छ ।