
‘तामाङ फिल्महरुको गुणात्मक विकास अझै हुन सकेको छैन’ कार्यक्रमका प्रमुख अतिथि युवराज लामाले भने- ‘तामाङ चलचित्रकर्मीले अब त्यतातिर ध्यान दिनुपर्छ।’ निर्देशक नवीन सुब्बाले मौलिक फिल्म एकदमै कम बनिरहेको टिप्पणी गरे । बहसमा मगर चलचित्रकर्मी संजोग लाफा, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष दीपेन्द्र राई, संगीतकर्मी चन्द्रकुमार दोङलगायतले मौलिक फिल्मतिर तामाङ चलचित्रकर्मी लाग्नुपर्ने औंल्याए ।
कार्यक्रममा नवीन सुब्बालाई तामाङ चलचित्र संघले मानार्थ सदस्यसमेत प्रदान गरेको थियो भने एघारौं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता सुनील लामालाई सम्मान गरिएको थियो ।