जयकिशन बस्नेतको निर्माण

जयकिशन बस्नेतको निर्माण तथा सोभित बस्नेतको निर्देशन रहेको चलचित्र 'धुम’ मोफसलको सफल प्रदर्शन पश्चात कार्तिक २० गते शुक्रबारबाट राजधानीमा प्रदर्शन भएको छ । हांस्य प्रधान चलचित्र 'धुम’ मा विराज भट्ट, निर्माता जयकिशन बस्नेत, रमित ढुङ्गाना, सुरज आर.डि., अर्जुन कार्की, रेजिना उप्रेती, सञ्जिता गुरुङ्ग, नरेश पौडेल, राजेश ढुङ्गाना, जेनी कुँवर र निर्देशकसोभित बस्नेतको मुख्य भुमिका रहेको छ । गाउँले जिवनसँग सहरिया जीवनको पराजय भएको कुरा देखाउन खोजिएको यस चलचित्रमा नायक रमीत ढुङ्गानालाई पागलप्रेमीको रुपमा प्रस्तुत गरिएको छ भने नायीका रेजिना उप्रेती र सञ्जिता गुरुङ्ग शहरिया केटिको भुमिकामा प्रस्तुत भएका छन् । यता चलचित्रका निर्माता जयकिशन बस्नेत हाँस्य पात्रको रूपमा देखिएका छन् भने अर्जुन कार्की र सोभित बस्नेतलाई खलनायकको रुपमा देखाईएको छ ।