बन्ने भयो 'प्रितिको फूल'


बन्ने भयो 'प्रितिको फूल'
 गोपीकृष्ण मुभिजको ब्यानरमा बनेको नेपाली कथानक चलचित्र 'फ्ल्यास् ब्याक'को प्रदर्शन नहुँदै उक्त ब्यानरमा अर्को चलचित्र बन्ने भएको छ । रेशराज आचार्यले निर्देशन गर्ने उक्त चलचित्रको नाम हो - 'प्रितिको फूल' ।
 डा.भोला रिजाल र दयाराम पाण्डेका शब्द तथा ताराप्रकाश लिम्बुको संगीतमा गत सोमबारदेखि गीत रेकर्डिङ्ग सुरु गरिएको यस चलचित्रमा उद्दव पौडेलको प्रस्तुति रहनेछ भने निरक पौडेल,निरज पौडेल र निकिता पौडेल निर्माताहरु हुन् ।
 छिट्टै छायांकन कार्य सुरु हुने भनिएको 'प्रितिको फूल'का लागी कलाकार भने अझै सम्म पनि अनुबन्धित गरिएको छैन् ।