“साहसी” को हङकङमा प्रथम प्रदर्शन हुने

“साहसी” को हङकङमा प्रथम प्रदर्शन हुने
१८,जेठ,२०६७
मुनाल फिल्म प्रा.लि. र विन्दवासिनी चलचित्र मन्दिर पोखराको प्रस्तुती रहेको नेपाली कथानक चलचित्र “साहासी” को प्रथम प्रदर्शन 27 June, 2010, æYaumatei Community CentreÆ मा प्रिमियर सो हुने जानकारी सहासी चलचित्रका निर्माता झम ब. गुरुङले हङकङबाट जनाउनु भएको छ । “नेपाल भ्रमण बर्ष २०११ लाई सफल पारौं, नेपाली चलचित्रलाई माया गरौं” भन्ने मुल नाराका साथ “साहसी” चलचित्रको प्रदर्शन प्रारम्भ हुने भएको छ । खासगरी नेपाली चलचित्र “साहसी” नेपालकै उत्कृष्ट गन्तव्यहरुमा छायांकन गरिएको हुनाले दृष्य प्रधान बनेको निर्देशक बासुदेव पोख्ररेल बताउनु हुन्छ ।read more