चलचित्र : पलपलमा
निर्देशक : उकेश दाहाल
अभिनय : दिलीप रायमाझी, रमित ढुंगाना, सुमन सिँह, विक्रान्त बस्नेत, रुपा राना, सुजाता सिटौला, उषा पौडेल, शशी खड्का
निर्माता : हरिहर आचार्य
संगीत :महेश खड्का
सेन्सर सर्टिफिकेट : ए
रिलिज : उपत्यका

राहुल, आदित्व, विवेक तथा देव एउटै कलेजमा पढेका साथी हुन् । विशेषगरि राहुल र आदित्यबीच गहिरो मित्रता छ । उनीहरुको काठमाडौंको एउटा टोलीमा सँगै बस्छन् ।

विद्यार्थीको जीवन त्यसमाथि काठमाडौंको 'हाइफाइ' जीवनले उनीहरुलाई आकर्षित गरिरहेको हुन्छ । पैसाको अभावमा उनीहरु इच्छा पुरा गर्न सक्दैनन् ।

अनायस उनीहरु एउटा रहस्यमय काम गर्न थाल्छन् । यी दुई साथी सम्पन्नतातर्फ अघि बढ्छन् तर एकअर्कासँग आफ्नो काम लुकाउँछन् ।

कलेजमा संगीता र विवेक एकअर्कालाई प्रेम गर्छन् तर संगीतलाई देवले पनि मनपराउँछ । धनाढ्य आमा रस्मिलाकी धर्मपुत्री मालिनी राहुलकी प्रेमिका हुन् ।

पैसाको अभावमा पनि आफूलाई गरिव भन्न नरुचाउने राहुलले रातारात पैसाको खोलो बगाउन थालेपछि उनी चकित हुन्छिन् । धनी परिवारकी आधुनिक युवती मोनिका आदित्यको व्यक्तित्वबाट निकै प्रभावित छिन् ।

यो चलचित्र आठ जना चरित्रको वरिपरी जेलिएको छ । प्रेमका विभिन्न स्वरुप यो चलचित्रमा हेर्न पाइने निर्देशक दाहालले बताए । यो चलचित्रलाई केन्द्रिय चलचित्र जाँच समितिले 'ए ग्रेड'को सर्टिफिकेट दिएको छ । यो चलचित्रको एउटा गीत 'अंगालोभरिको माया' प्रदर्शनअगावै चर्चित छ ।

चलचित्रमा एउटा पनि द्धन्द्ध छैन ।