हमालको उद्घाटन दौडाहा

पछिल्लो समय सामाजिक कार्यमा रुचि राख्ने अभिनेताका रुपमा परिचित छन् राजेश हमाल । यतिबेला उनका दिनहरु यति साँघुरिएका छन् कि सामाजिक काम र सुटिङका लागि समय व्यवस्थापन गर्न हम्मे-हम्मे परेको छ ।
पछिल्लो साता राजेश यति व्यस्त छन् कि दिनको एकपटक उनी उद्घाटन र विमोचनमा व्यस्त हुन्छन् । जस्तै : असार मसान्तमा पर्यटन बोर्डमा आयोजित पुस्तक विमोचनमा उनी सहभागी भए । साउन १ गते कोटेश्वर सहयोगीनगरस्थित हरियाली किचेन रेष्टुरेन्टको उद्घाटन पनि गरे ।
साउने सक्रान्तिमै उनी चावहिलस्थित चारुमती स्तुपाका अनाथ बालबालिकाहरुलाई कापीकलम वितरण गर्न पुगे । साउन तीन गते मित्रपार्कस्थित टेक्सस कलेजको वार्षिकोत्सवमा प्रमुख अतिथि बन्दैछन् । समाज सेवामा राजेशको सकि्रयताको सूचि लामो हुनसक्छ ।
सहयोगी रोशन ठकुरीका अनुसार राजेश सुटिङबाट फुस्रद निकालेर भएपनि उद्घाटन र समाजसेवाका काममा सरिक हुन्छन् । 'समारोह र कार्यक्रमबाट निम्तो यति आउँछ कि छनौट गरेर मात्र सहभागी हुने गर्नुभएको छ' रोशनले भने 'उहाँलाई सिनेमाजत्तिकै समाजसेवा प्यारो लाग्छ ।'
यतिेबला राजेश चलचित्र बजारको सुटिङ सकेर 'ग्यामलर'को सुटिङमा व्यस्त छन् । यो फिल्म सकेपछि 'को कस्को' नामक फिल्ममा राजेश व्यस्त हुँदैछन् । पर्दामा भन्दा बाहिर लोकपि्रयता र पहिचान बटुलेका राजेशले खासगरी आमा रेणुको निधनपछि समाजसेवामा सकि्रयता देखाउ्न थालेका छन् ।

परिचित व्यस्त लोकपि्रय पढेलेखेको भलाद्मी राम्रो परिवारको राम्रँे बोल्नेजस्ता विशेषणका धनी राजेशलाई औपचारिक कार्यक्रममा प्रमुख अतिथि भनेर निम्तो पठाउनेहरु बढिरहेका छन् ।