केमेस्ट्री मिलेपछि

यतिबेला चलचित्रमा अर्को नयाँ जोडी जम्ने तयारीमा
छ । भर्खरै प्रदर्शन भएको चलचित्र 'हिफाजत' नायिका रेखा थापा र नायक आयुष रिजालको जोडी दर्शकले मन पराएपछि उनीहरूलाई लिएर चलचित्र निमार् ण गर्ने क्रम ह्वात्तै बढेको छ । 'दुवैको केमेस्ट्री असाध्यै मिलेको छ,' निर्देशक श्याम भट्टराईको तर्क छ — 'त्यसैले मेरो नयाँ चलचित्र 'च्यालेञ्ज' मा यो जोडीलाई प्रस्तुत गरेको छु ।' च्यालेन्जभन्दा अघि रेखा- आयुषले 'सडक' मा काम गरिसकेका छन् ।