'दिपशिखा' को गीत फिल्मीखबरबाट वर्ल्ड प्रिमियर

नरेश पौड्यालको निर्माण तथा निर्देशनमा बनेको चलचित्र 'दिपशिखा' को 'किन तिमीले यति धेरै मलाई माया गर्‍यौ...' बोलको गीत फिल्मीखबरबाट वर्ल्ड प्रिमियर गरिएको छ । नरेश पौड्यालको आफ्नै शब्द रहेको यस गीतमा चेतन सापकोटाको संगीत रहेको छ । यस गीतमा जीवन लुईटेल र अरूणिमा लम्सालले अभिनय गरेका छन् ।



त्रिकोणात्मक प्रेमकथामा आधारित यो चलचित्र साउनको २८ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ । नायिका अरूणिमा लम्सालको कथा रहेको यस चलचित्रमा जीवन लुईटेल, अरूणिमा लम्साल, निरज बराल, मुकुन्द थापा, राधा लम्साल, ममता प्रधान, बिष्णु सापकोटा र राजकुमार थापाको मुख्य अभिनय रहेको छ । चलचित्रमा सन् २००७ को ईन्डियन आईडलमा फस्ट रनरअप भएका गायक अमित पलले २ वटा गीत गाएका छन् ।read more